नियम
ट्रेड युनियनको नवीकरण
(१) नियम ४, ६ र ८ बमोजिम दर्ता भएको ट्रेड युनियनले ऐनको दफा ७क. मा उल्लिखित अवधि समाप्त हुनु भन्दा तीन महिना अघि अनुसूची-७ बमोजिमको दस्तुर सहित पञ्जिकाधिकारी समक्ष नवीकरणको लागि दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको अवधि भित्र नवीकरणको लागि दरखास्त दिन नसक्ने ट्रेड युनियनले ऐनको दफा ७क. बमोजिमको अवधि भित्र नवीकरणको लागि लाग्ने दस्तुरको थप पच्चीस प्रतिशत दस्तुर सहित पञ्जिकाधिकारी समक्ष दरखास्त दिन सक्नेछ।
(३) उपनियम (२) बमोजिमको अबधिभित्र नवीकरणको लागि दरखास्त नदिएमा सो अवधि समाप्त भएको पन्ध्र दिन भित्र पञ्निकाधिकारीले त्यस्तो ट्रेड युनियनलाई नवीकरण गर्न सूचना दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको सूचना पाउने ट्रेड युनियनले ऐनको दफा ७क. बमोजिमको अवधि समाप्त भएको छ महिना भित्र नवीकरणको लागि लाग्ने दस्तुरको थप पचास प्रतिशत दस्तुर सहित पञ्चिकाधिकारी समक्ष दरखास्त दिन सक्नेछ ।
(५) उपनियम (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुनु अघि ऐनको दफा ७क. बमोजिमको अवधि समास भएका ट्रेड युनियनलाई यो नियम प्रारम्भ भएको पन्ध्र दिन भित्र पञ्जिकाधिकारीले नवीकरण गर्न सूचना दिनु पर्नेछ र यसरी सूचना प्राप्त गर्ने ट्रेड युनियनले यो नियम प्रारम्भ भएको तीन महिना भित्र नवीकरणको लागि लाग्ने दस्तुरको थप पचास प्रतिशत दस्तुर सहित पञ्जिकाधिकारी समक्ष दरखास्त दिन सक्नेछ।
(६) उपनियम (१), (२), (४) वा (५) बमोजिम पेश भएको दरखास्त सम्बन्धमा पञ्जिकाधिकारीले जाँचबुझ गरी रीत पुगेको देखिएमा त्यस्तो ट्रेड युनियनको नवीकरण गरिदिनु पर्नेछ ।
(७) उपनियम (४) वा (५) बमोजिमको अवधि भित्र नवीकरणको लागि दरखास्त नदिने ट्रेड युनियनको दर्ता कायम रहने छैन